नवलपरासीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

रातोघर

 २०७६ फागुन १६, शुक्रबार  मा प्रकाशित
२२९ पाठक संख्या


[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

पूर्वी नवलपरासीको देवचुली नगरपालिका १३ कैलाश चोकमा नजिक गएराति ट्याक्टर र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार देवचुली १३ कैलाश चोकमा नजिक भित्री सडकमा दलदले चोकबाट उत्तरतर्फ जाँदै गरेको लु ३ त ४८३३ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको ना ५५ प ३१६४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक गैडाकोट १५ निवासी २१ बर्षीय दिनेश गुरुङको निधन भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते चालक दिनेश गुरुङ र मोटरसाइकलमा सवार गैडाकोट १५ बस्ने १९ बर्षीय प्रितम गुरुङ गम्भीर घाइते भएकोमा चालक गुरुङको उपचारको क्रममा विहीबार राति पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।

अर्का घाइते प्रितम गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । ट्याक्टर, मोटरसाइकल र ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban