गाली बेइज्जती मुद्दा दर्ता गराउन अदालत पुगे गोकुल बाँस्कोटा

रातोघर

 १६ फाल्गुन २०७६, शुक्रबार १५:४४  मा प्रकाशित
२४४ पाठक संख्या



सञ्चारमन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटा न्याय माग्दै जिल्ला अदालत काठमाडाैं पुगेका छन् । आफूविरुद्ध निराधार आरोप लगाइएको र गाली बेइज्जती गरेको भन्दै उनले अडियाे सार्वजनिक गर्ने विजय मिश्रविरूद्ध आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गराउन लागेका हुन् ।

उनले सामाजिक सञ्जालमा यससम्बन्धी जानकारी गराएका छन् ।

‘मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्जतीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु’, उनले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् ।

Write your Comment