गाली बेइज्जती मुद्दा दर्ता गराउन अदालत पुगे गोकुल बाँस्कोटा

रातोघर

 २०७६ फागुन १६, शुक्रबार  मा प्रकाशित
३५४ पाठक संख्या


सञ्चारमन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटा न्याय माग्दै जिल्ला अदालत काठमाडाैं पुगेका छन् । आफूविरुद्ध निराधार आरोप लगाइएको र गाली बेइज्जती गरेको भन्दै उनले अडियाे सार्वजनिक गर्ने विजय मिश्रविरूद्ध आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गराउन लागेका हुन् ।

उनले सामाजिक सञ्जालमा यससम्बन्धी जानकारी गराएका छन् ।

‘मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्जतीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु’, उनले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban