

मकवानपुर,। प्रहरी चौकी फाखेल मकवानपुरबाट खटिएको चेकिङ टोलीले पिकअप गाडीमा क्वारेन्टाईन कागजजात बिना ल्याएको अवैध मासु बरामद गरेको छ ।
आईतबार हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा १० च ३७९४ नम्बरको पिकअप गाडीमा ६० पोका खसीको मासु र ९ पोका भैंसीको मासु बरामद गरेको प्रहरीले जनाइएको छ ।
प्रहरीका अनुसार, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलस्थित सडकखण्डमा नुवाकोटको बोलकोट गढी गाउँपालिका वडा नं. ६ बस्ने २३ वर्षीय हेम बहादुर तामाङले चलाईएको उक्त गाडीमा क्वारेन्टाईन कागजात बिना अवैध मासु ल्याएको पाएपछि बरामद मासु र निजलाई आवश्यक कारवाहीको लागि चेकपोष्ट पथलैया बारा पठाईएको छ ।
घटनाको विषयमा आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही भइरहेको मकवानपुर प्रहरीले जनाइएको ।





Write your Comment