कक्षा १ देखि ९ सम्मको परीक्षा ५ चैतमा सक्नू, सभा समारोह आयोजना नगर्नू’

रातोघर

 २०७६ फागुन २०, मंगलबार  मा प्रकाशित
२२४ पाठक संख्या


सरकारले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आगामी ५ चैतभित्र गरिसक्न निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार कोरोना भाइरसको सङ्क्रमणका कारण सरकारले ५ चैतभित्र गरिसक्न निर्देशन दिएको हो ।

‘कोराना भाइरसको सङ्क्रमणका कारण विद्यालयहरूलाई परीक्षा ५ चैतमा सक्न अनुरोध गरेका हौँ’, मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘यो अवधिमा अभिभावक दिवस, सभा, समारोह नगर्न पनि विद्यालयलाई भनेका हौँ ।’

यस वर्षको विद्यालय शिक्षा परीक्षा (एसईई) भने ६ चैतदेखि हुँदै छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban