पत्रकार वीरेन्द्र साहको हत्यारा फौजदार सार्वजनिक

रातोघर

 २०७६ फागुन २५, आईतबार  मा प्रकाशित
४२८ पाठक संख्या


बारा । बाराका स्वर्गीय पत्रकार विरेन्द्र साहको हत्याका योजनाकार कुन्दन फौजदारलाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पक्राउ गरि आईतवार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ ।

१२ वर्ष देखि फरार रहेका साविक गडहल गाविस वडा नं.५ हाल बारागढी गाउँपालिका ६ का फौजदारलाई बारा प्रहरीले शनिवार राती करिब दई बजेको समयमा उनकै घरबाट पक्राउ गरेको हो ।

पत्रकार साहको हत्या पछि लामो समय खुल्लेयाम घुम्दै आई रहेको फौजदार पछिल्लो समय लुक्दै छिप्दै आईरहेका थिए ।

प्रहरीको खोजी सूचीमा रहेका फौजदार घरमा आएको सूचनाको आधारमा राती २ बजे घर घेराहाली सुरक्षाकर्मीले नियन्त्रणमा लिन सफल भएका हुँन् । घर घेराहाली नियन्त्रण लिए पछि उनका परिवार र केही स्थानीयले अवरोध गर्न थाले पछि प्रहरीले चार राउण्ड हवाई फायर समेत खोल्नु परेको थियो । पत्रकार सम्मेलनमा घटना बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवंम् प्रहरी उपरिक्षक कृष्ण कुमार पंगेनी भन्छन् ।

पत्रकार साहको हत्यामा संलग्न मुख्य योजनाकार लालबहादुर चौधरीर ईनर्वा मझरियाका हरेराम पटेल अझै फरार छन् । लालबहादुर चौधरी तत्कालिन माओवादीका जिम्मेवार नेता हुन् ।

यस अघि यसै घटनामा संलग्न अभियुक्त जीतपुर—सिमरा उपमहानगरपालिका २० बसडिलवाका मेनेजर गिरी ११ वर्ष जेल सजाय भुक्तान गरि गत वर्ष छुटेका थिए भने , अर्का अभियुक्त रामएकवाल सहनी १० वर्ष देखि बिरगंज कारागारमा कैद सजाय भुक्तान गरि रहेका छन् ।

घटना र प्रहरीको कारवाहीका बारे पत्रकार साहकी पत्नी उमरावतीदेवी साह र कान्छा भाई भैयाराम साहले ढिलै भएपनि प्रहरीको सफलता प्रति खुशी भएको बताउछन् ।

पत्रकार विरेन्द्र साहको २०६४ असोज १८ गते बाराको पिप्रा बजारबाट दिउसै अपहरण भएको थियो । पत्रकार साहसँगै समाचार संकलन गर्न गएका बारा कै अर्का पत्रकार रामकुमार दासलाई समान्य कुटपिट गरि छोडी दिए पनि साहलाई निर्मम तरिकाले हत्या गरि जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ स्थित राष्ट्रिय वन क्षेत्रको टिकघारीमा गाडेर राखेका थिए ।

पत्रकार साहको हत्याको देशभर कडा विरोध हुँन थालेसँगै अपहरणको ३४औं दिन सो शव जमीन मूनि गाडेर राखेको अवस्थामा प्रहरीले फेला पारेको थिए । पत्रकारका साहका एक छोरा र एक छोरी छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban