

मकवानपुर |
हेटौँडा उपमहानगर पालिकाका ११ नम्बर नवलपुरका कृषक रामबहादुर लामिछानेले कुखुरा फार्मबाट मासिक ८० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । आफ्नै १ कठ्ठा जग्गामा खोर निर्माण गरेर उहाँले ११ सयबाट लेयेर्स कुखुरा पालन शुरु गर्नु भएको थियो । ३८ बर्षिय रामबहादुरको सोचाइ र मेहेनतले अहिले साच्चिकै सफल बनाएको छ । उहाँले विभिन्न प्रकारको जागिर खाए । तर कतै बाट पनि अपेक्षा अनुसारको कमाइ नभएपछि कुखुरापालन गर्ने सोच बनाएका थिए ।
थोरै लगानी, सरल पेशा भएको कारण आफू कुखुरा व्यबसाय तिर आकर्षित भएको लामिछानेको भनाई छ । अण्डा उत्पादनको लागि पालिएको उक्त कुखुराबाट दैनिक नौ सय देखि एक हजार अन्डा उत्पादन हुने गर्दछ । कुखुरालाई हुने सबै खर्च कटाएर मसिक ७० देखि ८० हजार रुपैयाँ आम्दानी भैरहेको बताउनु भयो ।
राम्रो आहार तथा स्याहार पुर्याउन सके झन्डै १८ महिना अण्डा उत्पादन हुन्छ । सिजन अनुसार कारोबार राम्रो हुने गरेको छ । ‘विदेशमा भौतारिनुभन्दा यहीं काम गर्ने जाँगर चल्यो, लामिछानेले भन्नु भयो, ‘बिदेशीएकाले कमाउन भन्दा राम्रो सुरक्षीत रुपमा कमाउन सहज भएपछि किन जानु विदेश ।”
निरन्तर पालनमा झन्झट भए पनि उपभोक्ताले चल्लादेखि ठूलो भइसकेका कुखुरा खोरबाटै लिन्छन, कोही टाढा बाट आउनेहरु अर्डर थालेपछि यो व्यवसाय फस्टाउँदै गएको उनको अनुभव छ । रामबहादुरको दुई छोराहरु पढाउन र घर खर्च सबै कुखुरा व्यबसायबाटै सजिलै पुगेको बताउनु भयो । लामिछानेको जेठो छोरा भेटेनरी पढ्दै छन् भने कान्छो छोरा ६ कक्षामा पढ्दै छन् । सबै आवश्यकता कुखुरा व्यबसायले पुगेको लामिछानेले बताउनु भयो ।





Write your Comment