

कोरोना भाइरसको हल्लाले भारतमा एक महिनाभित्र कुखुराको मासुको थोक मूल्यमा ७० प्रतिशतभन्दा बढीको गिरावट आएको छ । कुखुराको मासु खाँदा कोरोना भाइरसको संक्रमण हुन्छ भन्ने हल्ला नै यसरी मूल्य घट्नुको मुख्य कारण हो ।
यो हल्लाका कारण कुखुरा पालक किसान, व्यवसायी चिन्तित बनेका छन् । कोरोना भाइरसको बढ्दो प्रकोपका बीच भारतमा चिकेनको बिक्रीमा पनि ५० प्रतिशतको गिरावट आएको छ ।
भारतमा एक महिनाअघि कुखुराको मासुको मूल्य प्रतिकिलो सय रुपैयाँ थियो । तर अहिले उक्त मूल्य घटेर ३५ रुपैयाँ प्रतिकेजी भएको छ ।
यसरी मूल्य घटदा पनि मानिसहरू मासु किन्न नमानिरहेका समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
यस्तै हल्ला नेपालमा पनि फैलिएमा भारतमा जस्तै मूल्य घट्न सक्ने चिन्ताले नेपाली किसान र व्यापारी पनि चिन्तित छन् ।
Silapatra.com





Write your Comment