

हेटौंडा, चैत्र । हेटौंडामा सोमबाार दिउँसो मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते हुनु भएकी प्रनिसा न्यौपानेलाई थप उपचारको लागि काठमाडौं लगिएको छ ।
हेटौंडा उपमहानगरपालिका–३ बस्ने ६ वर्षीया बालिका न्यौपाने मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ३१ प ६०५७ नम्बरको मोटरसाईकले ठक्कर दिँदा गम्भिर घाइते हुनु भएको थियो । उहाँको थप उपचारको लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको हो ।
दुर्घटना लगत्तै प्रनिसाको हेटौंडा–११ थानाभर्याङस्थित चुरेहिलमा उपचार भएको थियो । थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्कीले तु खबरलाई बताउनु भयो ।
मकवानपुर प्रहरीले ठक्कर दिने चलक र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।





Write your Comment