वीरगञ्‍ज बसपार्कबाट यौनजन्य गतिविधिमा संलग्न ६ महिला पक्राउ

रातोघर

 २०७६ चैत्र ४, मंगलबार  मा प्रकाशित
४३४ पाठक संख्या


पर्सा-वीरगञ्‍ज बसपार्कस्थित विभिन्‍न होटेल तथा खाजाघरबाट प्रहरीले यौनजन्य अवैध गतिबिधीमा संलग्न रहेको ६ जना महिलालाई पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित नयाँ बसपार्क स्थित विभिन्‍न होटेल तथा खाजा-घरमा छापामारी प्रहरीले ६ जना महिलालाई नियन्त्रणमा लिएको हो।

बसपार्कस्थित विभिन्न होटेलहरुबाट अबैध गतिबिधिमा संलग्न ६ जना महिलाहरुलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक बिरेन्द्र शाहीले जानकारी दिए।

बसपार्कस्थित विभिन्न होटेलहरुमा यौनजन्य अवैध गतिविधिमा सलगन रहेको आरोपमा उनीहरुलाई पक्राउ गरि अनुसन्धान भइरहेको शाहीले बताए।

बसपार्कस्थित होटेल तथा खाजा घरहरुमा यौनजन्य अवैध क्रियाकलाप सञ्‍चालन हुँदै आएको भनी सो क्षेत्रका स्थानीयहरुले बताउँदै आएका थिए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban