पथलैयामा कार्यरत सशस्त्र प्रहरी जवान विमल भण्डारी झुण्डीएको अवस्थामा फेला

रातोघर

 २०७६ चैत्र ७, शुक्रबार  मा प्रकाशित
९२० पाठक संख्या


 

सिमरा : सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म, राजश्व चुहावट नियन्त्रण कार्यालय पथलैयामा कार्यरत सशस्त्र प्रहरी जवान विमल भण्डारी झुण्डीएको अवस्थामा फेला परेका छन् ।

कार्यरत गुल्मको हाताभित्रै उनको शव फेला परेको ईलाका पहरी कार्यालय सिमराका ईन्चार्ज, प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले जानकारी दिए ।

राती डिउटी सकेर कोठामा गएका उनलाई बिहान साथीहरुले गुल्म परिषरमा मृत भेटेपछी प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक पुरीले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban