साइकल चलाएको भन्दै प्रहरीले १२ जनालाई ‘मुर्गा’ बनायो

रातोघर

 १२ चैत्र २०७६, बुधबार २०:४८  मा प्रकाशित
१३६ पाठक संख्या



१२ चैत, बुटवल । लकडाउनको उल्लंघन गर्दै साइकल चलाएको भन्दै प्रहरीले १२ जनालाई ‘मुर्गा’ बनाएर सजाय दिएको छ ।

भैरहवाको देवकोटा चोकबाट पवन मिष्ठान्न भण्डार जाने सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले उनीहरुलाई ‘मुर्गा’ बनाएका हुन् ।

प्रहरीले मोटरसाइकल र अन्य चारपांङ्ग्रे सवारी साधनलाई कारवाही नगरेको तर साइकलयात्रीलाई ‘मुर्गा’ बनाएर बहादुरी देखाएको स्थानीय व्यवसायी किस्मत विकले बताए ।

‘यही सडक भएर थुप्रै मोटरसाइकल र गाडी गुडे पनि प्रहरीले देखेन’ उनले भने, साइकलयात्रीहरुलाई भने अमानवीय व्यवहार गरियो ।’

जिल्ला प्रहरी प्रमुख एसपी हेमकुमार थापाले आफ्ना प्रहरीले यस्तो काम नगरेको दाबी गरे । उनले अनलाइनखबरसँग भने ‘मुर्गा बनाएको होइन, सम्झाई बुझाई गरेको हो ।’

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका प्रमुख मधुसुदन लुइँटेलले घटनाबारे आफूलाई जानकारी आइनसकेको बताउँदै यसबारे बुझ्ने बताए ।

उनले बिहान १० बजेसम्म प्रदेशका विभिन्न जिल्लामा लकडाउन उल्लंघन गरेका २ सय १६ वटा सवारी साधन नियन्त्रणमा लिइएको जानकारी दिए ।

Onlinekhabar

Write your Comment