कतार एयरबाट आएका बाराका दुई जना क्वारेन्टाइनमा

रातोघर

 १२ चैत्र २०७६, बुधबार २१:०२  मा प्रकाशित
१७३ पाठक संख्या



 

१२ चैत, वीरगञ्ज । ४ चैतमा कतार एयरवेजबाट आएका बाराका दुईजनालाई क्वारेन्टाइनमा राखिएको छ ।

बाराको कलैया–२० बसतपुरका २९ बर्षका र रौतहट घर भई कलैया–७ बरेवा बस्ने ३३ बर्षका युवकलाई क्वारेन्टाइनमा पठाइएको हो ।

एकै जहाजमा आएकी एक युवतीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको खोजी शुरु गरिएको थियो । मंगलबार दिउँसो उनीहरुलाई प्रहरीले खोजेर अस्पतालमा ल्याएको थियो ।

कलैया अस्पतालमा आवश्यक चेकजाँच पछि अस्पतालकै क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

अस्पतालका चिकित्सकले दिएको जानकारी अनुसार उनीहरुमा कोरोना भाइरस संक्रमणको कुनै पनि लक्षण देखिएको छैन । कलैया अस्पतालमा १३ जनालाई राख्न सक्ने गरी क्वारेन्टाइन बनाइएको छ ।

यता वीरगञ्जको नारायणी अस्पतालमा ५ जना क्वारेन्टाइनमा छन् । अस्पतालले दिएको जानकारी अनुसार उनीहरुमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएको छैन ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले ग्रामीण क्षेत्रमा भारतबाट आउने विरामीलाई अस्पताल पठाउने प्रचललन देखिएको भन्दै स्थानीय स्वास्थ्यकर्मीको सहयोगमा शंकास्पद मानिसको पहिचान गरेर मात्रै पठाउन आग्रह गरे ।

Write your Comment