कोरोनाबाट चिन्तित जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या

रातोघर

 १६ चैत्र २०७६, आईतवार २१:१७  मा प्रकाशित
२८९ पाठक संख्या



१६ चैत, काठमाडौं । जर्मनीको हेस्सी प्रान्तका अर्थमन्त्री थोमस स्किफरले आत्महत्या गरेका छन् । कोरोनाभाइरसबाट हुने आर्थिक नतिजाको कसरी सामना गर्ने भन्नेमा “गहिरो चिन्ता” व्यक्त गर्दै आएका उनले शनिबार आत्महत्या गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनले कोरोना भाइरसबाट आक्रान्त भएको अर्थतन्त्रलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पहिलेदेखि नै गहिरो चिन्ता जाहेर गर्ने गरेको त्यहाँका स्टेट प्रिमियर भोल्कर बफेयरले जानकारी दिए ।

५४ वर्षीय स्किफरको शव शनिबार सोही प्रान्तमा रहेको एउटा रेल ट्र्याक नजिकै भेटिएको थियो । वाइसबाडेन अभियोजन कार्यालयले उनले आत्महत्या गरेको पुष्टि गरेको छ । “हामी यो घटनाबाट अत्यन्त दु:खित छौं । यो घटनालाई हामीले विश्वास समेत गर्न सकिरहेका छैनौं ।” बुफियरले रेकर्ड गरिएको बयानलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

हेस्सी जर्मनीको वित्तीय राजधानी फ्रान्कफर्ट रहेको प्रान्त हो । जहाँ युरोपको धेरै कर्जा प्रवाह गर्ने बैंकहरुको सूचीमा पर्ने ड्युश बैंक लगायतको मुख्यालय समेत रहेको छ । युरोपेली केन्द्रीय बैंक समेत फ्रान्कफर्टमा अवस्थित छ।

थोमस १० वर्षदेखि हेस्सी प्रान्तका वित्त प्रमुख थिए । उनले कोरोनाका कारण कम्पनी र कामदारहरुलाई पर्ने असर कम गर्नको लागि दिनरात काम गरिरहेका थिए र उनी सो काम पूरा गर्न नसकेको भन्दै निकै चिन्ता जाहेर गरेका थिए

Onlinekhabar.com

Write your Comment