स्वास्थ्यकर्मीलाई पठाइएको पीपीई सेट र मास्क प्रशासनका कर्मचारीले प्रयोग गरे

रातोघर

 १६ चैत्र २०७६, आईतवार २२:२७  मा प्रकाशित

चैत १६ पाल्पा – पाल्पामा स्वास्थ्यकर्मीका लागि पठाइएको पर्सनल प्रोटेक्शन इक्युपमेन्ट (पीपीई) पीपीई सेट र मास्क (मुखावरण) जिल्ला प्रशासनका कर्मचारीले प्रयोग गरेको भेटिएको छ ।

पाल्पाको सीजी सिमेन्ट इन्डस्ट्रिज प्रालीले पाल्पा अस्पतालका स्वास्थ्यकर्मीका लागि प्रदान गरेको पाँच सेट पीपीई र मास्क प्रशासनका कर्मचारीले प्रयोग गरेका हुन् । सिजी सिमेन्टका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई गएको चैत १२ गते उहाँकै कार्यालयमा पुगेर पीपीई सेट हस्तान्तरण गरेका थिए ।

चैत १३ गते बेलुकी पाल्पा अस्पतालका सुपरिन्टेन्डेन्ट पुष्प ज्ञवालीलाई प्रशासनले हस्तान्तरण गरेको पीपीई सेट खोलिएको र मास्क नभएको अवस्थामा थियो । मास्क र पीपीईको दुरुपयोगको भएको भन्दै जिल्लाका जनप्रतिनिधिहरुले सम्बन्धित कर्मचारीलाई कारबाहीको माग गरेका छन् ।
Ujyaloonline

Write your Comment