

कोरोना भाइरसका कारण सरकारले लकडाउन गर्दा कृषक व्यवसायीले मारमा परेका छन् । लकडाउनका कारण कुखुराको मासु र अण्डा बिक्री हुन छाडेपछि व्यवसायी समस्या पर्ने थालेको बताएका हुन् ।
धदिङ सूर्यमोहन पोल्ट्री फार्ममा कोरोना भाइसका कारण १५ लाख रुपँयौको अण्डा बिक्री हुन बाँकी छ । अण्डा बिक्री नहुँदा कुखुराको दाना किन्ने पैसा नभएर कुखुरा पाल्न समस्या हुने थालेको फार्ममा सचिव सूर्यमोहन पोखरेलले जानकारी दिए ।
अण्डा उत्पादन भइरहेको तर बजारमा बिक्री नहुँदा कुखुराका लागि आवश्यक दाना किन्न नपाइएको उनको गुनासो छ । दाना पाए पनि ढुवानी गर्न समस्या भएको र अण्डा बिक्री नहुँदा दाना किन्ने पैसा नभएको सचिव पोखरेलले बताए ।
‘दाना किन्न पैसा नहँदा कुखुराको स्यहार पुगेको छैन । सरकारले किसानले उत्पादन गरेको अण्डा किन्न दिनुपर्ने हो । तर, राज्यलाई कृषकको पीडाको विषयमा चिन्ता छैन’ उनले भने, ‘कुखुरा फार्ममा उत्पादन भएका अण्डा ७ रुपैयँ १४ पैसामा बजार पुग्छ । प्रत्येक दिन एउटा कुखुरा स्याहारसुहारका लागि ७ रुपँयौ खर्च हुन्छ । अण्डा नै बिक्री नभएपछि कुखुरा हेरचाह गर्ने भन्ने समस्या छ ।’
लकडाउनका देशभर उत्पादन भएका कुखुराको मासु र अण्डा बिक्री भएको छैन । नेपालमा दैनिक करिब ४० करोड बराबरा कुखुराको मासु र अण्डा उत्पादन हुने गरेको व्यवसायी बताउँछन् । नेपालभर कुखुरा व्यवसायीले दैनिक झण्डै ३० करोड रुपैयाँ घाटा ब्यहोर्नु परेको जानकारी दिएका छन् ।
सरकारले कोरोना भाइरस संक्रमण रोकथाम गर्ने गरेको लकडाउनको करिब ३० करोड घाटा भएको व्यवसायीको गुनासो छ । किसानलाई अतिरिक्त आर्थिक भार हुन्छ । दाना खुवाउन नसकेपछि महिनौँ बजार पठाउन तयार कुखुराको अण्डा र मासु स्टोर भइरहेको उनीहरूको भनाइ छ ।
काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, चितवन, काभ्रे, सुनसरी, मकवानपुर, रुपन्देही, कास्की, कैलाली, दाङलगातका जिल्लाका किसानले व्यावसायिक रूपमा कुखुराको मासु र अण्डा उत्पादन गर्दै आएका छन् । लकडाउन सुरु भएको दिनबाट बजारमा कुखुरा ढुवानी हुन छोडेपछि किसानले कुखुराको मासु र अण्डा कसरी बजारमा पुराउने भनेर चिन्तित छन् ।
कुखुरा मात्र होइन तरकारी र फलफूल, दूध दहीजस्ता सामग्री बिक्री नहुँदा मार परेको कृषकले गुनासो गरिरहेका छन् ।





Write your Comment