

न्युयोर्क : अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ। यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो। योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ।
शनिबार अरू चारजनाको निधन भएको हो। यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहेका छन्। सबै न्युयोर्कमा बस्दै आएका थिए। निधन भएका परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले जानकारी दिए। – रासस





Write your Comment