असईदेखि आइजीसम्मको तलब राहत कोषमा

रातोघर

 २०७६ चैत्र २६, बुधबार  मा प्रकाशित
२४४ पाठक संख्या


काठमाडौं– प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई)देखि प्रहरी महानिरीक्षक (आइजी) सम्मको तलब काटेर सरकारले स्थापन गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

कोषमा रकम जम्मा गर्न भन्दै प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखाले पत्राचार गरेको हो। असईको तीन दिनको तलब २ हजार ६ सय ५८ रुपैयाँ, सईको तीन दिनको तलब २ हजार ८ सय २० रुपैयाँ, प्रहरी निरीक्षकको ५ दिनको तलव ६ हजार रुपैयाँ कटौती गरी अब कोषमा जम्मा गरिनेछ।

यसैगरी, डिएसपीको ५ दिनको ६ हजार ७ सय ३०, एसपीको ५ दिनको ७ हजार २ सय ४५, एसएसपीको ७ दिनको ११ हजार ५३, डिआइजीको ७ दिनको ११ हजार ९ सय, एआइजीको ७ दिनको १४ हजार १ सय ६१ र आइजीको ७ दिनको १४ हजार १ सय ६१ रुपैयाँ तलब कट्टा गरेर वाणिज्य बैंकको खातामा जम्मा गर्न पत्राचार गरिएको हो। उक्त रकम बैशाख महिनाको तलवबाट कट्टा गरिने जानकारी दिइएको छ।

 

 

Khabarhub.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban