राहतका लागि म्याद नाघेको सामान दिने न्यू बिके स्टोरलाई ३ लाख जरिवाना

रातोघर

 २०७६ चैत्र २८, शुक्रबार  मा प्रकाशित
३५१ पाठक संख्या


 

राहतको सामग्रीमा म्याद नागेको सामान प्याकिङ गरेर दिने एक पसललाई कारबाही गरिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनका क्रममा राहतका लागि पठाउन लागिएको सामानमा म्याद गुज्रेका सामान प्याकिङ गरेको भेटिएको हो ।

विभागले अनुगमनको क्रममा नागार्जुन नगरपालिका-४ बाफल सीतापाइलामा संचालित न्यू बिके स्टोरलाई जरिवाना गरेको जनाएको छ । राहातको सामग्रीमा म्याद नाघेको सामान प्याकिङ गरी बिक्री गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (ठ)(ड) ३८ (ङ) को कसुरमा ३९ (ख) बमोजिम ३ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।

लकडाउनको मौका छोपी कमसल र म्याद गुज्रेको सामान बेच्ने, महँगो मूल्यमा बिक्री गर्ने, कालोबजारी गरेको जनगुनासो बढेपछि विभागले अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।

Shilapatra.com

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban