चट्याङका कारण एकको मृत्यु, ६ घाईते, तीनजनाको अवस्था गम्भीर

रातोघर

 २०७६ चैत्र २९, शनिबार  मा प्रकाशित
२८२ पाठक संख्या


बाग्लुङको बलेवामा एक घण्टाको अन्तरमा परेका दुई चट्याङले एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाईते भएका छन ।
बाग्लुङ नगरपालिका १३ को गलुवा भन्ने स्थानमा परेको पहिलो चट्याङले स्थानीय २६ वर्षीय शंकर रिजालको मृत्यु भएको छ भने २० वर्षिय रेश्मी भट्ट घाईंते भएका छन ।
दिउँसो ४ बजे रिजालले गोठमा काम गरिरहेका बेला पहिलो चट्याङ परेको थियो । चट्टयाङबाट घाईते उनको बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
यस्तै ५ बजे परेको दोस्रो चट्याङले सोही वडाको ढाड भन्ने स्थानका ५ जना घाईते भएका छन । उनिहरुमध्ये तीनजनाको अवस्था गम्भीर छ । घाईतेको उपचारका लागी बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पताल लैजादैं गरेको जिल्ला प्रहरी कार्यलय बाग्लुङका एसपी नवराज भट्टले जानकारी दिएका छन ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban