मायाको सागरमा डुबाइ आफु पाखा लागि छोडि जाने आमाको मुख हेर्ने कि नहेर्ने ?

रातोघर

 ११ बैशाख २०७७, बिहीबार ००:२६  मा प्रकाशित

सुस्मा मिश्र

आमा कति प्यारो शब्द । आफैैमा निश्चल अनि कञ्चन । आफ्ना सन्तानलाई निश्वार्थ माया गर्ने आमा भगवान को रुप हुन् । नौ महीना आफ्नो कोखमा राखी नीकै कष्टपूर्ण प्रसव पिडा सहन गरेर आफ्नो सन्तानलाई जव जन्म दिन्छिन् । त्यो सन्तानको अनुहार हेर्ने बित्तिक्कै आफुले पाएको सबै कष्ट भुल्छिन पनि । आँखा भरी हर्षका आसु छचल्किन्छन् । जब सन्तानले तोते बोल्न बोल्द आमा शब्द उच्चारण गर्छ तब त आमालाई संसार जिते झै लाग्छ । भनीन्छ नी प्रतीक्षाको फल मीठो हुन्छ, सायद त्यो भन्दा ठुलो खुशी आमाको लागि अरु के नै हुन सक्छ र ,त्यसैले त भन्ने गरिन्छ अरुको लाख आमा को काख।

तर, कतिपय आमाले सन्तानलाई जन्म दिएर आमा त बन्नु भयो , आमाको भूमिका निर्वाह गर्न सक्नु भएन । जन्म दीदैमा आमा भईदैन ,आमा को पुर्ण रुप पाउन आफ्नो सन्तान प्रतीको कर्तव्य पनि पूरा गर्न सक्नु पर्छ। अहिलेको आधुनिक समाज भनौं या बीकृती ठम्याउनै गाह्रो। मृत्यु हुनु प्राकृतिक नीयम हो । जस्लाई कसैले नकार्न सक्दैन तर क्षणिक रमाइलो, रीस, क्रोध ,असन्तुष्टिले गर्दा आज हजारौं आमाहरु आमा शब्दको लायक रहेका छैनन। कसरी क्षणभरमै बीर्सन्छ्न आफुले अनेकौ कष्ट, दुख सही जन्म दीई, हुर्काई सही गलत औल्याउन सीकाउने ती महान आमा कल्ङकित हुन पुग्छीन। यसरी भनीरहदा आष्चर्य लाग्न सक्छ, तर आधुनीक समाजमा यस्ता तीता घटना घटिरहेको हुन्छन्।

त्यसैले मलाई भन्न मन लागेको छ आज की, ती आमाको मुख कसरी हेरु ? जसले आफ्नो सन्तानको जीन्दगीमा औंसी झै अन्धकार छरेर आफू उज्यालो मा रमाउदैछीन । ती आमालाई सम्झन चाहन्न म जस्ले आफ्नो सन्तानको दुख र कमी कम्जोरी कुरेर रमाउने बाटो हेरेर बसेकि हुन्छे। ती आमालाई सम्झन चाहन्न म जस्ले मायाको सागरमा डुब्न सीकाई पौडिन नसीकाई अलपत्र छोडि आफू पाखा लाग्छे । ती आमालाई सम्झन चाहन्न, जो आफ्नो सन्तानको सफलता लाई पैतालामा दबाउन चाहन्छे, सम्झन्न म ती आमालाई जो आफ्नो कर्तव्य बाट टाढा भाग्छे, जस्ले आफ्नो सन्तानलाई नीष्कर्ष बीहीन बनाउछे, जो आफ्नो सन्तान को आँखामा आसुको सागर बगाउँछीन र आफू अन्यत्र रमाएर आफ्नो ओठ मा मुस्कान ल्याउन सक्छे।

यति धेरै भनिरहन त मन थिएन नि आमा । के गर्नु मेरो निम्ति तेरो धेरै महत्वपुर्ण क्षण मध्येको एक स्मृतिमा रहेका अनेक यादहरु आँखै अगाडी मादल बजाई नाच्न थाले। हेर्थीन भने उनले सहजै मेरो आँखामा उनकै लागि छचल्कीरहेको मायाको सागर देख्न सक्थीन तर मैले उन्को आँखामा डर, त्रास, रीस अनि कता कता दयाको भाव देखीरहेको थीए।

हामीलाई के मत्लव हामी न समय हौ न छाल, बस जस्तो घटना घट्दै जान्छ त्यसैमा रमाउन जान्नु पर्छ। अनि अनुहार हेरी उपाहार दीन नसकेतापनी तीते करेलीको स्वादमा सम्झना त सधैं रहीरह्यो, चाहे औसी होस् या पूर्णे । चाहे खुसि होस वा ठेस लाग्दा ।

ए साच्ची यसो भनीरहदा ती सम्पुर्ण भगवान रुपी महान आमा प्रती सम्झना अनि नमन त भन्नै पर्छ । जसले आफु मरेर आफ्नो सन्तानका निम्ती बाँचि रहेकी छिन् । जसले आफु नखाएर आफ्नो सन्तानको भविस्य कोरीरहेकी छिन् । जसले सन्तानकै लागि भने अनेकन कष्ट सहेर मिहेनत गरिरहेकी छिन् । ति सबै आमामा हार्दीक नमन ।

Write your Comment