मूल्यसूची नराख्नेलाई अनुगमन टोलीले तिरायो ३ लाख ५० हजार जरिमाना

रातोघर

 २०७७ बैशाख १५, सोमबार  मा प्रकाशित
२९५ पाठक संख्या


लकडाउनका बेलामा बजारमा कालोबजारी गरेको गुनासो बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई तीव्रता दिएको छ ।

यसै क्रममा मूल्यसूची नराखी कारोबार गर्ने पसलहरूलाई जरिमाना तिराएको छ । सोमबार काठमाडौंको कपनस्थित १ खाद्य स्टोर्सलाई मूल्यसूची नराखेको भन्दै १ लार रुपैयाँ जरिवना गराएको हो ।

विभागको टोलीले एमबीटी खाद्य स्टाेर्स कपनले अनुगमनमा मूल्य सूची नराखी उपभोक्ता संरक्षण ऐन २०७५ को २० (१)बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेको जरिवना तिराएको जनाएको छ । ऐनको दफा ३८ अनुसार यो स्टोर्सलाई १ लाख जरिवना तिराइएको विभागले जनाएको छ ।

त्यस्तै, कपनकै अमरावती खाद्य स्टाेर्सलाई २ लाख र जीएनस्टाेर्सलाई ५० हजार जरिवना तिराइएको विभागले जनाएको छ ।

Shilapatra.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban