

मकवानपुर प्रहरीले हेटौंडामा तेलको ट्यांकरबाट लागुऔषध बरामद गरेको छ। बुधबार राति ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीटोलीले डिजेल बोकेर आएको ना३ख ६४६६को ट्यांकरमा चेकजाँच गर्ने क्रममा लागु औषधको १५५ वटा बोतल फेला पारेको हो।
ट्याङकरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्याङकरको तेल निकाल्ने लकिङ बक्समा लुकाई छिपाई ल्याएको लागु औषध WINCIREX 100 ML को १५५ वटा बोतलसहित ट्याङकर चालक जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ घर भएका हेटौंडा ४ बस्ने बर्ष ३३ को मान बहादुर थोकर र अर्का बर्ष ४५ को सेते लामालाई नियन्त्रणमा लिई आवस्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ।
भारतको रक्सोलबाट डिजेल बोकेर काठमाण्डौ हिडेको उक्त ट्यांकरलाई प्रहरीले पुर्वपछिम राजमार्ग अन्तर्गतको हेटौंडा १५ बाट नियन्त्रणमा लिएको हो।





Write your Comment