रोल्पाको त्रिवेणीमा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

रातोघर

 २०७७ बैशाख १८, बिहिबार  मा प्रकाशित
३८९ पाठक संख्या


रोल्पा- रोल्पाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको छ। बमको ठूलो आवाज आएपछि गाउँलेहरु हेर्न जाँदा बम विस्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी गाउँपालिका-२ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिए।

मृत्यु हुनेमा ७ देखि ११ वर्ष उमेरका ३ बालक र १ बालिका रहेको वडाध्यक्ष बुढाले बताए। घटनास्थलमा राइफलको गोली जस्तै देखिने बम पनि रहेकाले निष्क्रिय पार्न दहवनस्थित नेपाली सेनाको टोली घटनास्थल तर्फ आउँदै गरेको वडाध्यक्ष बुढाको भनाइ छ।

प्रहरी घटनास्थलतर्फ जाँदै गरेकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले बताए। सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले खेल्ने क्रममा भेट्टाएको र विस्फोट भएको हुन सक्ने आशंका गरिएको छ।

 

Nepal Live

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban