

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत चिकित्सकमाथि हातपात भएको छ । चिकित्सक नवीन सहनीमाथि स्थानीय युवाले हातपात गरेका हुन् ।
शुक्रबार साँझ केही युवाले आक्रमण गरी चिकित्सकलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए । उनीमा माथि हातपात गर्ने ३ जनालाई पक्राउ गरिएको छ । स्थानीय तिलक सिंह, चक्र बहादुर वुढा र पदम नेपालीलाई प्रहरीले पक्राउले पक्राउ गरेको हो ।
चिकित्सकमाथि आक्रमण गर्नुको कारण अनुसन्धानपछि मात्रै पत्ता लाग्ने प्रहरीले जानकारी दिएको छ । चिकित्ससहित पक्राउ परेका व्यक्तिलाई सदरमुकाम ल्याइँदै छ । घटना भएको स्थान सदरमुकामबाट झण्डै २ दिनको दूरीमा रहेको छ । त्यहाँ यातायातको सुविधा नभएको बताइको छ ।





Write your Comment