बाटोमा उफ्रिएर सीमाको समस्या समाधान हुँदैन : प्रधानमन्त्री

रातोघर

 २०७७ बैशाख ३०, मंगलबार  मा प्रकाशित
२३७ पाठक संख्या


 

वैशाख ३०,काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर यो समस्या समाधान नहुने भन्दै यसका लागि भारतसँग वार्ता गर्नुपर्ने बताएको एक मन्त्रीले बताए ।

‘यो भारतसँग कुरा गरेर, वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने विषय हो । यो आवेशमा आएर, बाटोमा उफ्रिएर समाधान हुने कुरा होइन,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै ती मन्त्रीले भने, ‘यस विषयमा बोल्दा तथ्यपरक भएर कुरा बुझेर मात्रै बोलौं ।’ बैठमा उनले मन्त्रीहरुलाई यस्तो संवेदनशील विषयमा बोल्दा तथ्य, तथ्यांक र प्रमाण भएका कुरामात्रै बोल्न पनि निर्देशन दिएका थिए ।
भूमिसुधार मन्त्री पद्मा अर्यालले हालै लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा कहिल्यै नभएको भनेको विषयमा विवाद उत्पन्न भएको थियो । सोमबारको संसदीय समितिमा सत्तारुढ नेकपाकै सांसद भीम रावलले मन्त्री अर्यालको भनाईको विरोध गरेका थिए ।

भारतले तिब्ब्तको मानसरोवर जानका लागि नेपाली भूमि अतिक्रमण गरी बाटो बनाएपछि सीमा विवाद बढेको छ । यसबारे सरकारले भारतीय राजदुतलाई बोलाएर कुटनीतिक नोट हस्तान्तरण गरिसकेको छ भने भारतीय विदेश मन्त्रालयले भारतले आफ्नै भूमिमा सडक निर्माण गरेको बताएको छ ।

Ekantipur

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban