पछिल्लो चौबीस घण्टामा साढे १२ सयको कोरोना परीक्षण

रातोघर

 २०७७ जेष्ठ २, शुक्रबार  मा प्रकाशित
३०५ पाठक संख्या


काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको आशंकामा एक हजार २ सय ५० जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट २३ हजार ९१४ जनाको नमुना परीक्षण गरिएको जानकारी दिए । उनले हालसम्म आरडीटी विधिबाट ६३ हजार ८५ वटा गरिएको कोरोना परीक्षण गरिएको बताए । हालसम्म कोरोना संक्रमितको संख्या २ सय ५८ छ । जसमा २ सय १० पुरुष र ४८ महिला छन् ।

मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा बढी कोरोना संक्रमण देखिएको प्रदेश २ छ । जसमा सयजना छन् । भने हालसम्म एकजना पनि कोरोना संक्रमण नदेखिएको कर्णाली प्रदेश छ ।

कोरोना संक्रमण निको हुनेको संख्या ३६ पुगेको मन्त्रालयले जनाएको छ । आज देशैभरका विभिन्न अस्पतालका आइसोलेसनमा २६७ जना छन् । जसमा काठमाडौं उपत्यका २७ जना छन् । उपत्यका बाहिर २४० जना छन् । आज देशैभरका विभिन्न जिल्लाका क्वारेन्टाइनमा १५ हजार ६८३ रहेका मन्त्रालयले जनाएको छ ।

१२ खरी

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban