काठमाडौं ।
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८५ हजार ७ सय नाघेको छ । गत २४ घण्टामा ३ हजार ७ सय ८४ सय थपिएसँगै त्यहाँ कुल संक्रमितको संख्या ८५ हजार ७ सय नाघेको हो ।
योसहित भारत सर्बाधिक कोरोना संक्रमित देशको ११ औँ स्थानमा उक्लिएको छ । उसले कोरोनाको उद्गम देश मानिएको चीनलाईसमेत उछिनेको छ ।
चीनमा हालसम्म ८२ हजार ९३३ जना कोरोनाबाट प्रभावित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ४ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै, शुक्रबार भारतमा १ सय ४ जनाले ज्यान गुमाएका छन् । योसहित त्यहाँ मृतकको कुल संख्या २ हजार ७५३ पुगेको छ । अहिलेसम्म भारतमा ३० हजार व्यक्ति संक्रमण मुक्त भएका छन् ।
२ सय १५ देशमा फैलिएको कोरोनाबाट शनिबार बिहानसम्म विश्वभर ४६ लाख २१ हजार व्यक्ति संक्रमित भएका छन् । जसमध्ये १७ लाख ५५ हजार व्यक्ति निको हुँदा ३ लाख ८ हजार संक्रमितले ज्यान गुमाएका छन् ।

Write your Comment