संविधानसभा सदस्य अनन्त पौडेलको परिवारको विषयमा अफवाह फैलाउने बाराका रिजाल पक्राउ

रातोघर

 २०७७ जेष्ठ ११, आईतबार  मा प्रकाशित
४२५ पाठक संख्या


मकवानपुर । संविधानसभा सदस्य अनन्त पौडेलको परिवारको विषयमा भिडियो बनाएर युटुबमा पोष्ट गरी अफवाह फैलाउने एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौँडा बस्ने बाराको निजगढ नगरपालिका वडा नंबर १२ रतनपुर घर भएका नितेशराज रिजाललाई पक्राउ गरेको हो ।

उनले आफुले उक्त भिडियो बनाएर पोष्ट गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

फेसबुकमा आएको भ्वाईस क्लिपको आधारमा आफुले उक्त भिडियो बनाएको उनले प्रहरीलाई बयान दिएका छन् – प्रहरीले भन्यो ।

तु खबर

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban