दलित युवकको हत्या छानबिन गर्न ५ सदस्यीय समिति गठन

रातोघर

 १३ जेष्ठ २०७७, मंगलवार २०:२२  मा प्रकाशित
४२४ पाठक संख्या



काठमाडौं ।

सरकारले रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।गृमहन्त्रीका अनुसार उक्त घटनामा ३ जनाको ज्यान गएको छ र ३ जना बेपत्ता छन् ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर-८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जारजरकोट भेरी नगरपालिका वडानम्बर ४ का २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो ।

भाग्ने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको छ । उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढाको शव फेला परेको छ ।

फेला परेका शवहरु पोष्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको गृहमन्त्री थापाले जानकारी दिए । हालसम्म फेला नपरेका नपरेकाहरुको खोजी कार्य जारी रहेको गृहमन्त्री थापाले बताए ।

जजरकोटका वर्ष १८ का लोकेन्द्र सुनार, वर्ष १७ का गोविन्द शाही, वर्ष १७ का सञ्जु विक वेपत्ता रहेको र उनीहरुको खोजीका लागि गोताखोर परिचालन गरिने मन्त्री थापाले जानकारी दिए ।

रुकुमको घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै सांसद चक्र प्रसाद स्नेहीले समग्र दलितसँग सम्बन्धित घटनाहरुबारे अध्यन गर्न संसदीय समिति गठनको माग राखेका छन् ।

-onlinekhabar

Write your Comment