

एजेन्सी ।
भारतसँगको सीमा विवादमा मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव चीनले अस्वीकार गरेको छ ।
चीनले भारतसँगको सीमा समस्या समाधानमा सक्षम रहेको बताएको छ ।
यसअघि भारतले पनि अमेरिकी प्रस्ताव अस्वीकार गरेको थियो । राष्ट्रपति ट्रम्पले ओभल हाउसमा पत्रकार सम्मेलनका क्रममा चीन र भारतबीचको सीमा विवादमा मध्यस्थता गर्ने प्रस्ताव गरेका थिए ।
एसियाका दुई प्रभावशाली देश चीन र भारतबीचको तनाव कम गर्न सहयोग गर्न तयार रहेको बताएलगत्तै दुवै देशले अमेरिकी प्रस्ताव अस्वीकार गरेका हुन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले दुवै देश वर्तमान सैन्य गतिरोध अन्त्यका लागि सक्षम रहेको भन्दै तेस्रो पक्षको हस्तक्षेप आवश्यक नरहेको उल्लेख गरेका छन् ।





Write your Comment