धर्मपुत्र गुमाउनुपरेको त्यो विभत्स हत्याकाण्ड (भिडियो सहित)

रातोघर

 २०७७ जेष्ठ २८, बुधबार  मा प्रकाशित
४९३ पाठक संख्या


रुपन्देहीको तिलोत्तमा नगरपालिका– १०, मनहियाँमा रहेको गंगादेवी पशु फार्म २ वर्षअघि मात्र सञ्चालनमा आएको थियो । यसअघि कुखुरापालन हुने गरेकोमा २ वर्षअघिदेखि भैँसी र गाई पालन भइरहेको थियो ।

सोमबार राति १० बजेसम्म फार्ममा काम सकेर सुत्न गएका फार्म सञ्चालक कृष्णबहादुर पुनले बिहान आफ्नै फर्ममा ५ जनाको हत्या भएको देखे ।
पुन सदाझैँ बिहान फार्ममा आए । बाहिरबाट गेट खोल्न भने । केही बेरपछि भित्रै रहेका अर्जुन मुसहर गेटमा आए । फर्म सञ्चालकले अर्जुनलाई बुबा, आमालाई उठाएर गेट खोल्न अह्राए ।

अर्जुन गएर बुबाआमालाई बोलाए । नबोलेपछि कृष्णसँग सोधे । तर, कसैले उनको जवाफ दिएनन् । कृष्णले पोषराजलाई बोलाउन भने । अर्जुन उनीहरू सुतेको गोठमा पुगे । सुनसान थियो गोठ ।

गोठमा एउटा ब्ल्याङ्केट देखे ।  खोलेर हेरेका मात्र के थिए, रगताम्य देखे । हतारहतार गेटमा आएर कृष्णलाई रगत देखिएको छ, कोही बोल्दैनन भन्दै चिच्याए ।
त्यसपछि कृष्ण गेटबाटै हाम फालेर फार्ममा प्रबेश गरे । उनीहरू सुतेको ठाउँमा लामवद्ध ५ जनाको शव देखेपछि छिमेकीलाई गुहार गरे । प्रहरीलाई खबर गरे ।

१७ वर्षीय करण चौधरी, १७ वर्षीय आशिस चौधरी, ३७ वर्षीया जानकी मुसहर, ४० वर्षीय माधव मुसहर र १४ वर्षका पोषराज मुसहर गोठमै ढलिसकेका रहेछन् ।
मृतक करण र आशिष पोषराजका साथी हुन् । जानकी र माधव श्रीमान्/श्रीमती हुन् । उनीहरू फार्ममै काम गर्थे ।

श्रीमान् माधव र श्रीमती जानकीले डेढ वर्षदेखि फर्ममा काम गर्दै आएका थिए । मृतक श्रीमान्/श्रीमती जानकी र माधवका कान्छा छोरा हुन् अर्जुन । जो फार्म सञ्चालकले बोलाउन पठाएका थिए ।

अर्जुनका दाजु करण तिलोत्तमाकै अर्को फार्ममा काम गर्थे । जानकी र माधव त्यहीनजिकै रहेको टिनको टहरोमा बस्थे । फार्मकै कम्पाउण्डमा टहरो छ ।
करण चौधरी, आशिष र पोषराज फ्रि–फायर गेम खेल्थे । सँगै खाना खान्थे । पोषराज पनि करण र आशिषकोमा जान्थे । सोमबार राति मृतक करण खाना खाएर १ घण्टा टीभी हेरेर फार्ममा गफ गर्ने भन्दै आएका थिए ।

करण र आशिष तिलोत्तमाकै स्थानीय हुन् भने जानकी र माधव सैनामैनामा घर भए पनि मनैहवा बस्थे ।
१४ वर्षीय पोषराजलाई पशु फार्म सञ्चालकले धर्मपुत्रको रूपमा राखेका थिए । उनका बुबाआमा छैनन् ।  राति करिब १२ बजे घटना भएको हुन सक्ने आंशका प्रहरीको छ ।

५ जनाको हत्या भएपछि यतिबेला मनैहवा मनहिया क्षेत्रमा सन्नाटा छाएको छ । हत्या आरोपमा फार्ममै काम गर्ने झपेन्द्र पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । shilapatra.com



Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban