सवारी दुर्घटनामा परी मकवानपुरको एकजनाको मृत्यु

रातोघर

 २०७७ जेष्ठ २८, बुधबार  मा प्रकाशित
२६८ पाठक संख्या


 

हेटौंडा – मंगलबार साँझ दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा मकवानपुरका एक युवकको मृत्यु भएको छ ।

 

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा बा८१प १७०३ नम्बर र बा ९४ प५३६७ नम्बरको मोटरसाइकल मंगलबार साँझ एकआपसमा ठोक्किएर मृत्यु भएको हो।

मृत्यु हुनेमा बा ९४ प ५३६७ नम्बरको मोटरसाइकल चालक मकवानपुर थाहा नगरपालिका–२ का २५ वर्षीय सर्जन नेपाली छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको दीर्घायु अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार गुह्येश्वरी बस्ने बर्दियाका ३२ वर्षीय राम थारूको सोही अस्पतालमा उपचार भइरहेको छ। बा ८१ प १७०३ नम्बरको मोटरसाइकल चालकसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban