

दाङ — गाई काटेको आरोपमा दाङको घोराहीमा ६ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका ५ धर्नामा बिहीबार बेलुका गाईको बाच्छी काटेर मासु बोरामा राखेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा घोराही ५ का ४३ वर्षीय निमबहादुर सार्की, १२ वर्षीय दुर्गा विक, २८ वर्षीय सुनिल विक, १४ वर्षीय विशाल नेपाली, ४२ वर्षीय धनबहादुर नेपाली र १७ वर्षीय विमल बिटालु रहेको प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले बताए ।





Write your Comment