संविधानमा नयाँ नक्सा समावेश भएपछि देशभर खुशीयाली(फोटो सहित)

रातोघर

 २०७७ जेष्ठ ३१, शनिबार  मा प्रकाशित
५७८ पाठक संख्या


जेठ, 
प्रतिनिधिसभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि उपत्यकासहित देशभर खुशियाली मनाइएको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धि विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको छ । यो सँगै उपत्यकाको माइतीघर मण्डला, विराटनगरको जनआन्दोलन चोक लगायतका ठाउँहरुमा उपस्थित सर्वसाधारणहरुले सडकमा नेपालको नक्सा बनाएर खुशियाली मनाएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा उपस्थित २ सय ५८ जना सांसदहरुले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए ।


Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban