

काठमाण्डौ – यूएईबाट नेपालीको स्वदेश फिर्तीका लागि हुने दुई वटा चार्टर्ड उडान रद्द भएको छ ।
त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार २ र ४ गतेका लागि तय भएको नेपाल एअरलाइन्सकाे चार्टर्ड उडान रद्द भएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासले निकालेको सूचनामा प्राविधिक कारणले उडान रद्द गरिएको जनाइएको छ । तर दूतावासले उडान रद्द भनेर सार्वजनिक गरेको सूचना भने तत्कालै हटाएको छ । थप जानकारीसहित अर्को सुचना प्रकाशित गर्ने दूतावासले जनाएको छ ।
यूएईमा मात्र होइन साउदीको दमामबाट हुने पहिलो उडान पनि रद्द भएको छ भने माल्दिभ्सबाट नेपालीको स्वदेश फिर्तीका लागि तय भएको उडान पनि रद्द भएको छ ।
असार १ गते हिमालय एअरले साउदीको दमामबाट त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तय भएको चार्टर्ड उडान रद्द भएको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । पहिलो उडान नै अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको हो ।
बहराइनमा रहकेो नेपाली दूतावासले भने असार ३ गते हुने भनिएको उडान प्राविधिक कारणले असार ७ गते मात्रै हुने जनाइएको छ ।
उज्यालो अनलाइन





Write your Comment