कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

रातोघर

 २०७७ अषाढ ३, बुधबार  मा प्रकाशित
३५५ पाठक संख्या


काठमाडौं । पछिल्लो २४ घण्टामा ५८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा उदयुपरका चार र सिरहाका एकजना पुरुषमा कोरोना देखिएको पुष्टि गरे ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा झापाका २ जना र मोरङका ९ जना पुरुषहरुमा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा जनकपुरमा धुनषाका ४ जना पुरुष, महोत्तरीका एक महिला, चार पुरुष, बाराका एक महिला र ६ जना पुरुष , रौतहटका ११ जना पुरुष गरी २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महोत्तरीमा ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा कपिलवस्तुका दुईजना महिला र आठ जना पुरुष, महोत्तरीका ६ जना महिला र १८३ जना पुरुष, रौतहटका ५ जना महिला र ३४ जना पुरुष, रुपन्देहीका ३ जना पुरुष, सलार्हीका ३ जना महिला र ३ जना पुरुष , प्युठानका १८ जना पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका तीनजना पुरुषमा कोरोना पुष्टि भएको छ ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका दुई महिला र २० पुरुष, रौतहटका ४ जना महिला र ७३ जना गरी ९९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा गरिएको परीक्षणमा कैलालीका १ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पर्वतका एक महिला, दुई जना पुरुष, पूर्वी नवलपरासीका १७ जना पुरुष गरी कुल २० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ५९ जना कोरोना पोजेटिभ देखिएको छ । जसमा गुल्मीका दुईजना महिला र २४ जना पुरुष, प्युठानका एक जना महिला र १९ जना पुरुष, रुपन्देहीका दुई महिला र दुई पुरुष, अर्घाखाँचीका एक जना महिला र आठजना पुरुष रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेकी एक महिला, बर्दियाकी एक महिला र ३० जना पुरुष गरी ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३३ जनामा कोरोन भाइसको संक्रमण देखिएको छ । जसमा दाङका एक महिला र ७ जना पुरुष, सल्यानका तीन जना महिला र २२ जना पुरुष रहेका छन् ।

प्रादेशिक अस्पताल सुर्खेतमा सुर्खेतका दुईजना पुरुष र दैलेखका दुईजना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कलिकोटका दुई महिला र १२ जना पुरुष गरी १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा कञ्‍चनपुरका एक महिला र ६ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाकारी दिए ।

उनले भने, “पछिल्लो २४ घण्टामा कोरोना संक्रमण देखिनेमा ४० जना महिला र ५४६ जना पुरुष रहेका छन् ।”

 

कुल कोरोना संक्रमितको संख्या सात हजार १७७ पुगेको छ । जसमा ५४९ जना महिला र ६ हजार ६३८ जना पुरुष रहेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । कोरोना संक्रमण देखिने जिल्ला ७३ पुगेको छ ।

१२खरि

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban