हेटौंडाकि सुस्त मनस्थितिकी महिला बलात्कार गर्ने हुमागाईं पक्राउ

रातोघर

 ४ असार २०७७, बिहीबार २१:१५  मा प्रकाशित
४२४ पाठक संख्या



 

सुस्त मनिस्थति भएकी महिलालाई जबरजस्ती करणी गरी फरार रहेका एकजनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । गत जेठ २४ गते हेटौंडा उपमहानगरपालिका वडा नं ११ डाङ्डुङ्गेस्थित सुस्त मनस्थिति भएकी ३२ वर्षीया महिलालाई ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेर फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

महिलालाई जबरजस्ती करणी गर्ने ६० वर्षिय रामप्रसाद हुमागाईँलाई वुधबार (हिजो) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाले जानकारी दिए ।

हुमागाईंलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप भई अनुसन्धान भैरहेको उनले बताए ।

Write your Comment