हेटौंडाकि सुस्त मनस्थितिकी महिला बलात्कार गर्ने हुमागाईं पक्राउ

रातोघर

 २०७७ अषाढ ४, बिहिबार  मा प्रकाशित
५२९ पाठक संख्या


 

सुस्त मनिस्थति भएकी महिलालाई जबरजस्ती करणी गरी फरार रहेका एकजनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । गत जेठ २४ गते हेटौंडा उपमहानगरपालिका वडा नं ११ डाङ्डुङ्गेस्थित सुस्त मनस्थिति भएकी ३२ वर्षीया महिलालाई ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेर फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

महिलालाई जबरजस्ती करणी गर्ने ६० वर्षिय रामप्रसाद हुमागाईँलाई वुधबार (हिजो) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाले जानकारी दिए ।

हुमागाईंलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप भई अनुसन्धान भैरहेको उनले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban