शुक्रबार पाँच देशबाट नेपाली स्वदेश फर्कंदै

रातोघर

 २०७७ अषाढ ४, बिहिबार  मा प्रकाशित
३८१ पाठक संख्या


काठमाण्डौ – शुक्रबार विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पाँचवटा उडान हुने भएको छ ।

साउदी, यूएई, कुवेत, कतार र माल्दिभ्सबाट त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि प्रत्येक देशबाट एक एक उडान हुने भएको हो । यूएईबाट नेपाल एअरलान्समार्फत १४८ जना स्वदेश फर्कने छन् । स्वदेश फर्कनेमध्ये अधिकांश गर्भवती महिला रहेका दूतावासले जनाएको छ ।

जहाज यूएईको स्थानीय समयअनुसार राती २ बजेर २५ मिनेटमा जहाज दुबईबाट काठमाण्डौका लागि उड्नेछ । बिहान काठमाण्डौ आइपुग्नेछ। यस्तै भोलि नै साउदीबाट १८० जना काठमाण्डौ फर्कनेछन् ।

हिमालय एअरलाइन्सको जहाज आज राति साउदीबाट नेपालका लागि उड्नेछ । भोलि बिहान ६ बजेर ५० मिनेटमा काठमाण्डौ आइपुग्नेछ । यस्तै माल्दिभ्सबाट पनि भोलि १५० जना स्वदेश फर्कनेछन् । भोलि नै कुवेत र कतारबाट पनि नेपालीहरु स्वदेश फर्कने छन् । तर कुवेत र कतारबाट कति नेपाली फर्कन्छन् भन्ने सङ्ख्या भने यकिन भएको छैन ।

Onlinenews.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban