नेपालमा कारोना संक्रमण तिब्र रुपमा बढ्दै

रातोघर

 २०७७ अषाढ १९, शुक्रबार  मा प्रकाशित
२७२ पाठक संख्या


सरकारले खुकुलो बनाएको लकडाउनमा अपनाउनु पर्ने सुरक्षा उपायहरु सर्वसाधारण बाट अवज्ञा भैरहेको बेला नेपालमा कोरोना भाइरस संक्रमण भने तिब्र रुपमा बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रवार २४ घण्टा भित्र थप ७४० जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार यो संख्या हाल सम्मको एकै दिनमा संक्रमित हुनेको संख्याको सबै भन्दा धेरै रेकर्ड हो ।

यो संख्या सहित नेपालमा कोरोना संक्रमीत हुनेहरुको कुल संख्या १५ हजार २५९ पुगेको छ । यसै विच शुक्रवार २४ घण्टामा ८२३ जना कोरोनामुक्त भएका छन् । उक्त संख्या सहित हालसम्म निको हुनेको कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ । २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ । यो समेत नेपालमा पिसिआर परिक्षण हुनेको संख्या हालसम्म २ लाख ४२ हजार पुगेको छ । यसै विच कोरोना संक्रमण बाट नेपालमा मृत्यु हुनेको संख्या ३२८ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना बाट मृत्यु हुनेमा काठमाण्डू नया“ बानेश्वर बस्दै आएका एक ८५ वर्षीय वृद्ध छन् । असार १७ गते मृत्यु भएको उनको पिसिआर परीक्षण गर्दा पोजेटिभ नतिजा आएको बताइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban