मेलम्चीकाे सुरुङमा बेपत्ता इन्जिनियरकाे शव भेटियाे

रातोघर

 २०७७ अषाढ ३१, बुधबार  मा प्रकाशित
२६७ पाठक संख्या


सिन्धुपाल्चाेक – मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छाडिएको पानीले बगाएर बेपत्ता भएका दुई जनामध्ये एक जनाकाे शव भेटिएकाे छ ।

बेपत्ता भएकामध्ये २५ वर्षीय इन्जिनियर सतीश गोहितको शव फेला परेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । मेलम्ची नगरपालिका ११ काे पाल्चोकी क्रसर नजिकै उनको शव भेटिएको र उनको शव परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बेपत्ता भएका चालक राधाकृष्ण थापामगरको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

मङ्गलबार सुरुङ निरीक्षण गरेर फर्कने क्रममा सुरुङको गेट भत्किएर आयोजनाका इन्जिनियर गोइत र चालक थापामगर मेलम्ची नदीमा बेपत्ता भएका थिए ।

Ujyaloonline

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban