

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा एक बालिकाको शव भेटिएको छ । भीमफेदी गाउँपालिका वडा नं ८ रिठ्ठेभीरस्थित बागमती नदीमा अन्दाजी १०/१२ वर्षकी बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिहीबार (हिजो) दिउँसो १२ बजेको समयमा भेटिएको शवको हालसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (डिएसपी) इन्द्रबहादुर रानाले बताए । शरीरको छाला खुइलिएको अवस्थामा फेला परेको शवलाई प्रारम्भिक अनुसन्धान सम्पन्न गरी हेटौंडा अस्पतालको शवगृहमा पठाइएको डिएसपी रानाले जानकारी दिए ।
श्रोत: नवयुग





Write your Comment