

काठमाडौँ । सुन साताको अन्तिम दिन आज पनि ह्वात्तै बढेको छ । शुक्रबार तोलामा १३ सय रुपैयाँले बढेर हालसम्म नयाँ विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि सुनको मुल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर नयाँ रेर्कड कायम गरेको छ । महासंघकाअनुसार आजको मूल्य नेपालकै इतिहाँसकै महंगो भएको हो ।
बिहिबार सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ भएको र उक्त मूल्य पनि हिजोसम्मको सर्वाधिक थियो ।
त्यस्तै आज तेजावी सुनको मुल्य रु ९५ हजार ३ सय ६५ तोकिएको छ । त्यस्तै चाँदी पनि अहिलेसम्मकै महंगो बन्दै ११ सय ५० मा कारोबार भइरहेको छ ।





Write your Comment