उपत्यकाका सबै नाका साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म बन्द, अत्यावश्यक बाहेक सवारी पास जारी नगर्न निर्देशन

रातोघर

 २०७७ श्रावण १५, बिहिबार  मा प्रकाशित
३०२ पाठक संख्या


 

सरकारले अत्यावश्यक काम बाहेक अन्तर जिल्ला सवारी आवागमनका लागि पास जारी नगर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै काठमाडौँ उपत्यका बाहेकका जिल्ला प्रशासन कार्यालयहरुलाई बिना पास अन्तर जिल्ला आवागमन पुर्ण रुपमा बन्द गराउन उक्त निर्देशन दिएको हो ।

यस्तै मन्त्रालयले सबै नाका साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म बन्द गर्ने समेत जनाएको छ । मन्त्रालयले अर्को आदेश जारी नभएसम्मका लागि अत्यावश्यक र ढुवानी सेवाका सवारी साधन मात्र भित्रन पाउने जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban