मास्क फोटो प्रतियोगिताकी बिजेता हमालको घरमै पुगेर पुरस्कार राशी हस्तान्तरण

रातोघर

 २०७७ श्रावण १६, शुक्रबार  मा प्रकाशित
३२४ पाठक संख्या


सिमरा
बाराको जितपुरसिमराबाट संचालित रातोघर डटकमले आयोजना गरेको `मास्क फोटो प्रतियोगिता´ बिजेतालाई शुक्रवार घरमै पुगेर पुरस्कार राशी हस्तान्तरण गरिएको छ ।
प्रतियोगिताका ३९ सहभागी मध्ये जितपुरसिमरा रजघट्टाकी अनिता हमालले सो पाँच हजार  पुरस्कार राशी हात पारेकी हुन् ।

रातोघर मिडिया प्रा.ली. का सल्लाहकार तथा अग्रज सञ्चारकर्मी प्रकाश लम्सालले सो रकम बिजेताको घरमै पुगेर हस्तान्तरण गरेका हुन् । पुरस्कार राशी हस्तान्तरण गर्दै लम्सालले आगामी दिनमा रातोघरले पाठक लक्षित विभिन्न कार्यक्रमहरु संचालन गर्ने प्रतिवद्दता व्यक्त गर्दै सत्य , तथ्य र निश्पक्ष संचार सम्वाहकका रुपमा मिडिया अग्रसर हुने बताएका छन् ।

कोभिड-19 को प्रभावले देशभरी लकडाउन भएपछि `घरमै बसौ’ मास्क प्रयोग गरौं´ भन्ने जनचेतना प्रवाह गर्ने उद्देश्य अनुरुप मास्क फोटो प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक विबेक न्यौपानेले बताए ।

https://www.facebook.com/Ratogharnews/videos/728212277963709/


 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban