चितवनमा होम क्वारेन्टाइनमा बस्दा बाराका एक पुरुषको मृत्यु

रातोघर

 २०७७ श्रावण २०, मंगलबार  मा प्रकाशित
२६४ पाठक संख्या


चितवन । चितवनको खैरहनीमा होम क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । खैरहनी नगरपालिका–६ स्थित एक बोरा उद्योगमा काम गर्ने ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बाराबाट १३ दिन अगाडि चितवन आएका ती पुरुषको गएराति मृत्यु भएको हो ।
गएराति एक्कासी छाती दुखेको र त्यसपछि ढल्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीसँगै बाराबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका अन्य ५ जनामा हालसम्म कुनै समस्या देखिएको छैन ।
मृतक पुरुषको स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि तयारी गरिएको जनाएको छ ।
मृतक पुरुष कलैया नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

तु:खबर

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban