सोमबार थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

रातोघर

 २६ श्रावण २०७७, सोमबार २०:०४  मा प्रकाशित
२२८ पाठक संख्या



नेपालमा कोरोना भाइरसबाट संक्रमितको हुनेको संख्या २३ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गोतमले पछिल्लो २४ घण्टामा ३ सय ३८ जना संक्रमित थपिएको जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा थप ३ सय ३८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार थपिएका संक्रमित मध्ये काठमाडौंका ३६ जना, ललितपुरका ४ जना र भक्तपुरका ४ जना रहेको मन्त्रालये जनाएको छ ।                     radiokantipur.com

Write your Comment