सविनाको ‘आइसोलेसन’ कथा : ‘छोरीलाई झन् गार्हो’

कलैयामा आइसोलेसन बस्नेको बिजोग : बिजुली र पानीको समेत अभाव

रातोघर

 २८ श्रावण २०७७, बुधबार १२:४८  मा प्रकाशित
२०१ पाठक संख्या


सिमरा । जीतपुरसिमरा उपमहानगरकी सविना थापालाई शुरुमा हल्का ज्वरो आयो । भोलीपल्ट उनको बुबाको जन्मदिन पर्यो । घरमै रमाइलो गर्दा के फरक पर्ला भन्ने लागेर घरमा केक काटेरै बुबाको जन्मदिन धुमधामले बनाइयो ।

अघिल्लो दिन हल्का ज्वरो आएको उनलाई भोलीपल्ट ज्वरो त कम भयो तर सास फेर्न समस्या भयो । त्यसपछी उनले सिमरा स्थित स्वास्थ्य चौकीमा आएर डाक्टर भेट्न खोजिन । अस्पताल सुनसान थियो । अस्पतालकै एकजनामा संक्रमण देखिएर अहिले कोही नभएको उनले थाहा पाएपछी उनी वडा कार्यालय पुगिन ।

वडा सचिव भेटिए र पिसिआर परिक्षणका लागी सिफारिस गरिदिए । उनी सिफारिस लिएर सिमरा स्थित कोरोना अस्थाई अस्पताल पुगिन् ।
अस्पतालको मुलगेटबाट भित्र छिर्न नपाउंदै उनलाई बाहिर निस्किन अनुरोध गरियो । उनले सिफारिस देखाउँदै भनिन् । ‘मलाई कोरोनाको सिम्टम्सहरु छ, ज्वरो आइराछ, टाउको दुखिराख, सास फेर्न गार्हो भइराछ ’, उनले भनिन्, ‘मेरो पिसिआर परिक्षण गरिदिनुस् ।’

यसबारेमा केही थाहा नभएको भन्दै अस्पतालका डाक्टरहरु लाखापाखा लागे, उनलाई भित्र बोलाईएन । उनी बाहिर निकै बेर अन्योलमा परिन् । केहीबेरमा वडाका सचिव त्याहाँ आइपुगे ।

उनको स्वाव संकलनका लागी नाम लेखियो । तर उनलाई भनिएको थियो, ‘तपाईको पालो आज नआउन पनि सक्छ, धेरैजनाको नाम छ ।’
उनी घन्टौँ बाहिर बसिन् । अगाढी नाम लेखाएकाहरु र पहिले पालो आउनेहरु आफुले चिनेजानैकै मान्छेहरु भएको उनी सुनाउँछिन् । कुनै लक्षण नभएका र ख्यालख्यालमा नाम लेखाएकाहरु धेरैले आएर स्वाब दिएर गएपछी अन्तिममा उनको पालो आयो ।

स्वाब दिएर घरमा एक्लै बस्न थालेको ३\४ दिनपछी अस्पतालबाट फोन आयो । अन्ततः उनी संक्रमित देखिइन् र कलैया क्वारेन्टिन लाने तयारी गरियो । घरमै छुट्टै कोठामा बस्ने सविनाको आग्रहलाई गाउँलेहरुले बिरोध गरेर घरमा राख्न दिएनन् । त्यसपछी उनलाई कलैया स्थित शिक्षा समन्वय इकाई ल्याइयो ।

सिमरामा भेन्टिलेटर, अक्सिजन आदी केही नभएकाले कलैया लगिन लागिएको भनिएपनी उनी जहाँ बसेकी छन्, त्यहाँपनी केही नभएको उनको गुनासो छ ।

उनको क्वारेन्टिनको दुख लाग्दो कहाँनी छ । ब्वस्थापन बाहिर भनिएजस्तो छैन । गनेर आएका खाजाका पोकाहरु उनको हातमा पर्न मुस्किल पर्छ । ‘मलाई खाजा पुगेन भनेर गुनासो गर्यो भने कुनै सुनुवाई हुँदैन । क्वारेन्टि बस्ने एउटैले २ देखि ३ पोकोसम्म बोकेपछी भाग पुग्ने कुरै भएन । सिसि क्यामेरा छ तर निगरानी छैन । कसैलाई कसैको मतलव छैन । ’ उनी सुनाउँछिन् ।

अझ महिला हुनुमा झन समस्या पर्ने उनको नमिठो अनुभव छ । दिसापिसाबका लागी टवाइलेट एउटै छ । कतिपय अवस्थामा पुरुषहरु ढोकामा चुक्कुन नलगाई दिसा पिसाव गर्छन् ।

आफु टवाईलेट जानुपरे छिर्न नपाउंदै बाहिरबाट ढयाक ढयाक गर्न सुरु गर्छन । यहाँको फोहर बयान गरिनसक्नुको छ । शुरुमा ठिकै थियो । अहिले टवाइलेटको गन्धले कोठामा बसिनक्नु छ । अहिले सबिना संगै अन्य ३ जना महिलाहरु एउटै कोठामा बस्छन् ।

अहिले क्वारेन्टिनमा पानीको समेत समस्या देखिन थालेको उनी बताउँछिन् । ‘दुईदिन देखी बिजुली छैन, पानीको त्यस्तै हाहाकार छ । भोकमा नास्ता समेत हातमा पर्दैन । रेखदेख गर्ने कोही छैन ।’ उनले फेसबुकमा लेखेकी छन् ।

उता सविना क्वारेन्टि पुगेको ९ दिन पुगिसक्दापनी उनका परिवारको पिसिआर परिक्षण रिपोर्ट अर्झै आइपुगेको छैन । ज्वरो आएकै भोलीपल्ट जन्मदिन मनाएकाको परिवारमा संक्रमण पुष्टी भएको ४ दिनपछीमात्र पिसिआरका लागी स्वाव संकलन गरियो ।

अहिले सविनाको बुबामा कुनै लक्षण नभएपनी आमामा भने कोरोनाकै लक्षणहरु देखिइरहेकोछ । तर पालो सिस्टममा राखिएको उनका परिवारको पिसिआर परिक्षण सिमराका जनप्रतिनिधीको पालोपछी मात्र आयो । जसको परिणाम अहिलेसम्म स्वाबको रिपोर्ट आएको छैन ।
सविनालाई लागेको छ उनकी आमाको रिपोर्ट शतप्रतिशत पोजेटीभ निस्कनेछ । ‘सिकिस्तै जस्तो हुनुहुन्थ्यो, अहिले अली ठिक छ ।’ उनले भनिन् , ‘मैले त दुखलाई झेलेँ, तर अब आमाको पीर छ ।’

Write your Comment