विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ लाख नाघ्यो

रातोघर

 २०७७ भाद्र ७, आईतबार  मा प्रकाशित
२८८ पाठक संख्या


 

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ।

रोयटर्सले उल्लेख गरेअनुसार अमेरिका, ब्राजिल र भारतमा दैनिक ज्यान गुमाउनेको संख्या सबैभन्दा उच्च छ।

विगत दुई साताको तथ्यांक विश्लेषण गर्दा प्रत्येक २४ घण्टामा औसत पाँच हजार नौ सय मानिसको ज्यान गइरहेको छ।

यसअनुसार प्रत्येक एक घण्टामा दुई सय ४६ जना र प्रत्येक १५ सेकेन्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ।

मृत्युदर स्थिर छ। १७ दिनमा एक लाखको मृत्यु भएको छ। यसअगाडि पनि यही अवधिमा एक लाख मानिसको ज्यान गएको रोयटर्सले जनाएको छ।

अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार पार गरेको छ।

जुलाईदेखि यता संक्रमितको संख्या लगातार कम भए पनि एक सातामा करिब तीन लाख ६० हजार संक्रमित भेटिएका छन्।

विश्वको सबैभन्दा धेरै जनसंख्या भएको दोस्रो मुलुक भारतमा ५६ हजारको मृत्यु भएको छ। भारत अमेरिका र ब्राजिलपछि सबैभन्दा प्रभावित देश हो।भारतमा २८ लाखभन्दा बढी मानिस संक्रमित भएका छन्।

त्यहाँ मृत्युदर तुलनात्मक रुपमा कम छ। विश्वभर कोरोना संक्रमणको मृत्युदर ३.५ प्रतिशत छ, भारतमा यसको दर १.९ प्रतिशत छ।

ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ लाख मानिस संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या एक लाख १४ हजारभन्दा बढी छ।

अमेरिका र ब्राजिलमा मृत्युदर ३ प्रतिशत छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban