

पोखरा।सडकको फोहोर उठाउँदै जिविका चलाइरहेका पोखराका हेम थापा दम्पत्तिलाई दैनिक जिवनयापनको लागि लियो क्लब अफ पोखरा फिस्टेल सिटीले सहयोग गरेको छ । क्लबले आबश्यक दैनिक उपभोग्य तथा किचेन सामग्री प्रादन गरेको हो ।
पोखरा गह्रैापाटन बस्ने थापा दम्पत्तिको दयनिय अार्थिक अवस्था देखेपछि संचारकर्मीद्वय नमुना पोखरा अनलाईन टिभीका सन्देश बराल र रमाइलो पोखरा अनलाईन टिभीका बसन्त शेर्पाको पहलमा लियो क्लब अफ पोखरा फिस्टेल सिटिले उनीहरुलाई सहयोग गरीएको हो ।
दैनीक जिवन कष्टकर भएको दम्पति परिवारलाई क्लबले एक सेट ग्यास सिलिन्डर, चुलो, नुन, तेल, सोयबिन, लगायतका सामग्री सहयोग गरेको अध्यक्ष बिदुर सापकोटाले बताए ।
उत्त समस्यारत थापा दम्पत्तिलाई उदयपुर घर भै हाल पोखराको सिमलचौरमा होटल ब्यबसाय संचालन गर्दै आएका कमल तामाङ्गले भाँडाकुडा सहयोग गरेका थिए । थापा दम्पति सडकमा प्लास्टीक बटुलेर आफ्नो दैनिकी निर्वाह गर्दै आएरहेका थिए ।
थापाकी श्रीमती बिरामी परि उपचार गर्ने खर्च अभावमा सडकमा अलपत्र अवस्थामा देखेपछि सहयोगको खोजी गरेको नमुना पोखरा अनलाईन टिभीका तथा आवाज टाइम्सका फोटो पत्रकार सन्देश बरालले दिए । संचारकर्मी बरालले दु:खी पिडितलाई सहयोग गरेर जीवन रक्षा गरिदिन आव्हान गर्दै पोखरा र यस आसपासमा छाक टार्न नसक्ने दयनिय अवस्था गुजार्दै अाएका परिवारलाई सहयोगी हातहरु खोजी चुलो बाल्न पहल गर्ने बताए ।





Write your Comment