नेपालमा कोरोनाबाट ४ बर्षिय बालिकासहित थप ११ जनाको मृत्यु

रातोघर

 २०७७ भाद्र १६, मंगलबार  मा प्रकाशित
५०५ पाठक संख्या


काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ११ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक ४ बर्षिय बालिकासहित १० जना पुरुष रहेका छन् ।

मृत्यु हुनेमा महोत्तरीका ४ बर्षिय बालिका रहेका छन् ।

त्यस्तै पर्साका ३ जना, काठमाडौँका २ जना तथा बारा, सिराहा मकवानपुर, चितवन र महोतरीका एक एक जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ । श्रोत: खरिबोट डट कम

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban